साङ्हुरो गल्लीमा मेरो चोक छ।
यहाँ के छैन? सब थोक छ।
असन्ख्य रोग छ,
अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ।
साङ्हुरो गल्लीमा मेरो चोक छ,
यहाँ के छैन? सब थोक छ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस
र मानिसले बनाएका देवता
यि दुबै थरीको निवास छ,
तर यहाँ दुबै थरी उदास छन।
दुबै थरी निरास छन।
मनिस् उदास छन,
किनकी तिनलाई
यहाँ रात्-रात भरी उपियाँले टोक्छ
दिन्-दिन भरी रुपियाँले टोक्छ
र देवता उदास छन
किनकी तिनलाई
यहाँ नकसैले पुज्छ,
नकसैले ढोग्छ।
त्यसैले यो चोकमा
देवता र मनिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन।
साङ्हुरो गल्लीमा मेरो चोक छ,
यहाँ के छैन? सब थोक छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment